लिभरपुलले अजाक्सलाई १–० ले हरायो

कार्तिक ६, एजेन्सी – च्याम्पियन्स लिग फुटबलमा लिभरपुलले अजाक्समाथि कठिन जित हात पारेको छ । बिहिबार राति भएको खेलमा प्रिमियर लिग क्लब लिभरपुलले अजाक्सलाई १–० ले हराएको हो ।

लिभरपुलले समूह चरणको खेलमा एटलान्टा र मिडजिलेन्डसंग प्रतिस्पर्धा गर्नेछ । समूह डीकै अर्को खेलमा एटलान्टाले मिडजिलेन्डलाई ४–० गोल अन्तरले पराजित गर्यो ।

प्रतियोगिताको पहिलो खेलमा जित निकाल्दै एटलान्टा र लिभरपुलले समान ३ अंक जोडे । अजाक्स र मिडजिलेनड भने अंक विहिन रहे ।