चलचित्र ’समर लभ’ अब डिसहोममा हेर्न सकिने

 

कात्तिक ६, काठमाडौ  – सुबिन भट्टराईको चर्चित उपन्यास ’समर लभ’ मा आधारित चलचित्र ’समर लभ’ अब घरमा नै बसेर हेर्न मिल्ने भएको छ ।

यस चलचित्र यही फूलपातीबाट डिसहोम मार्फत सार्वजनिक हुने भएको हो ।

चलचित्रका निर्देशक मुस्कान ढकालले फिल्म दसैँको अवसर पारेर स्याटलाइट मार्फत दर्शकमा जाने जानकारी दिएका छन् ।

यस चलचित्र फूलपातीदेखि डिसहोमको च्यानल नम्बर ८ मा पैसा तिरेर हेर्न सकिनेछ ।

चलचित्र २ सय २५ मा सपरिवार फिल्म हेर्न सकिनेछ ।

चलचित्रमा सुरज सिंह ठकुरी, आशिष पिया, रेवती क्षेत्री, शिशिर भण्डारी आदि कलाकारको अभिनय रहेको छ ।