राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा रानीपोखरीको उद्घाटन

कात्तिक ५, काठमाडौ – राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ सालमा आएको विनासकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक रानीपोखरीको उद्घाटन गरेकी छन्।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार वुधवार मध्यान्ह १२ वजे राष्ट्रपति भण्डारीले रानीपोखरीको उद्घाटन गरेकी हुन्।

यसै सिलसिलामा उनले छिमेकी चीनको सहयोगमा निर्माण भएको दरबार हाइस्कुलको पनि उद्घाटन गरेकी छन्।

२०७२ मा गएको भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक स्थलहरुको पुनर्निर्माणमा यो एक महत्वपूर्ण काम भएको ठानिएको छ ।