गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले चाडपर्व भत्ता कोरोना कोषमा जम्मा गर्ने

कात्तिक ५, काठमाडौ – गण्डकी प्रदेश मन्त्रिपरिषद्को बैठकले चाडपर्व भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

वुधवार विहान वसेको बैठकको निर्णय अनुसार मुख्यमन्त्री र मन्त्रीहरुले पाउने चाडपर्व भत्ता कोरोना रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा हुनेछ ।

उक्त निर्णय वारे मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले फेसवुक मार्फत जानकारी गराउदा धेरैले प्रशंसा गरेका छन ।