विप्लवद्धारा सरकार विरुद्द सर्घषका कार्यक्रम सार्वजनिक

कात्तिक ५ , काठमाडौं – नेत्रविक्रम चन्द नेतृत्वकोमा रहेको नेपाल कम्युनिस्ट पार्टीले संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।

सरकारले कोरोनाको परीक्षण, जनताको स्वास्थ्यमा खेलवाड र भ्रष्टाचार गरेको भन्दै कात्तिक १५ गतेदेखि २० गतेसम्म सरकारविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।

उस्ले कात्तिक १५ गते कोणसभा गर्ने, १७ गते पर्चा वितरण गर्ने र २० गते विरोध जुलुस निकाल्ने लगायतका सर्घसका कार्यक्रम विज्ञप्तिमा मार्फत सार्वजनिक गरेको छ ।

सरकार जनता प्रति गैर जिम्मेवार रहेको भन्दै सरकारका क्रियाकलापले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरु अझै जटिल बन्दै गएको विप्लवको ठहर छ ।

कोरोनाको निःशुल्क परीक्षणबाट पन्छिएर सरकार अमानवीय बनेको आरोप विप्लवले लगाएका छन् ।