अन्जु पन्तको ‘धेरै माया नदेऊ’मा छोरी परितोसिकाको डेब्यु

काठमाडौ – गायिका अन्जु पन्त यति बेला आफ्नो नयाँ म्युजिक भिडियोको तयारीमा छिन् । उनको आफ्नै स्वर र कम्पोजिसन रहेको गजलको भिडियोको छायाङ्कन भर्खर सकेकी छिन् । गीतको भिडियोमार्फत गायिका पन्तकी छोरी परितोसिका पन्तले अभिनयमा डेब्यू गर्दै छिन् । ‘धेरै माया नदेऊ’ बोलको गीतमा परिको अपोजिटमा कुनसाङ बोमजमले अभिनय गरेका छन् । भिडियोमा परी र कुनसाङलाई निर्देशक निकेश खड्काले निर्देशन गरेका छन् । यस अघी धेरै म्युजिक भिडियो र चलचित्रमा अफर आए पनि पढाइ र अन्य कारणले गर्दा परितोशिकालाई पर्दामा हेर्ने अवसर मिलेको थिएन । तर अब भने सही समय आएको भन्ने भएपछि गायिका पन्तले उनलाई डेब्यु गराएकी हुन् ।

यस म्युजिक भिडियोमा काम गर्नु अगाडि परिले कलाकार भोला सापकोटासँग अभिनयको २ हप्ताको अभिनयको कोर्स समेत लिएकी थिइन् । भने साथमा निर्देशक निकेश खड्काले पनि परिलाई एक सातासम्म भिडियोको शैलीको प्रशिक्षण दिएका थिए । गीत बारे बोल्दै अन्जुले सुरेश वाग्लेको शब्दमा तयार भएको गजललाई आफूले आधुनिक शैलीमा तयार पारेकोको बताएकी छिन् । छोरी परिले पनि आफूलाई यो गीत निकै मन परेको र यसमा अभिनयाँ गर्ने इच्छा भएकाले आफ्नै आमाको गीत बाट डेब्यु गरेको बताएकी छिन् ।