आज थप ३ हजार ९३ जनामा संक्रमण पुष्टि, उपत्यकामा १७०२

कात्तिक ४, काठमाडौं – मंगलबार थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणका आधारमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

आज थप भएका संक्रमितहरुमध्ये उपत्यकामा १७०२ जनामा पुष्टि भएको उनले बताए ।  यो सहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ।