व्रतमा खान सक्नुहुनेछ यो स्वादिलो र पोषिलो आलू चिला

नवरात्रीमा माता दुर्गालाई प्रशन्न गर्न व्रर्त राख्नु भएको छ ? यदि व्रतको समयमा अति नै भोक लाग्यो भने तपाई खान सक्नु हुनेछ चटपट आलू चीला । आलू चीला खानमा जति स्वादिलो हुन्छ । उति नै वनाउन सजिलो पनि हुन्छ । आलू चीला चटपटको साथसाथै पोषिलो पनि छ । त्यासो भए यो सावदिलो अनि पोषिलो चिला कसरी वनाउने? आउनुहोस ढिला नगरि जानौं आलु चीला बानाउने झट्पट टेस्टी रेसेपी ।

आलू चीला बनाउन चहिने आवश्य सामाग्री

  •  अवश्यक्ता अनुसारको कोरसेको आलू
  •  बेसन/कन फ्लर
  •  स्वाद अनुसारको हरियो खुर्सानी
  •  मसिनो काटिएको हरियो धनियाँ
  • आदि चम्चा वा स्वाद अनुसार कालो मरिच
  •  १ चम्चा घ्यू
  •  नुन स्वाद अनुसार

आलूको चिला बनाउने तरिका
आलू चिला बनाउनका लागि एउटा बाउलमा कोरसेको आलू, काटिएको खोर्सानी, हरियो धनिया, मरिच पाउडर र नुन राखेर राम्ररी मिक्स गर्ने । अब तावालाई तताई त्यसमा घ्यू राख्ने । त्यस पछि चम्चाको सहयोगले १/२ को मोटाइ हुनेगरि मिश्रणलाइै तावामा गोलो आकारमा फैलाउने र दुवै तर्फ गोल्डन ब्राउन हुन्जेल पकाउने (साथसाथै ख्याल राख्नुहोस मिश्रणको मोटईमा पनि किनभने चिला टुक्रिन सक्छ) यसरी तपाईले चटपट आलू चिला सजिलै तायार गरि दाहि, गोलभेडाको वा आफूलाई पनपर्ने चट्नीसंग खान सक्नुहुन्छ ।