यि हुन् घिरौला खानाका फाइदा

कात्तिक ४, काठमाडौं  – घिरौला गृष्म वर्षायामको लहरे तरकारी हो। यो तरकारी वैशाखदेखि असोजसम्म फल्ने गर्छ । यतिबेला सबैका घरको छत देखि बारी सम्म घिरौला फलेको देखिन्छ । घिरौला खानाले शरीरमा निकै फाइदा पुयाउछ । घिरौला खानाका फाइदाहरु निम्न छन् ।

शरीरमा रहेका विशाक्त वस्तुहरुलाई हटाई रगत शुद्ध गर्ने र कलेजो स्वस्थ राख्न मद्दत गर्छ।

रगतका नलीहरु बन्द हुनबाट बचाउनुका साथै आमाशयको कार्यमा पनि सहयोग गर्छ।

जन्डिस जस्तो बिमारीको हकमा पनि यसले फाइदा गर्छ।

चिल्लो पदार्थ तथा कोलेस्टेरोल मात्रा न्यून हुने हुनाले यसले मोटोपना कमी गर्न पनि सहयोग गर्छ।

पानीको मात्रा बढी हुने हुनाले यसले पानीको कमी हुन दिँदैन।

यसमा रहेको इन्सुलिन जस्तो पदार्थले रगत र पिसाबमा रहेको चिनीको मात्रालाई घटाउन मद्दत गर्छ।

यसमा रहेको बेटा क्यारोटिनले आँखाको दृष्टि बढाउन मद्दत गर्छ।