पौडी खेल्न गएका बालकको डुबेर मृत्यु

कात्तिक ४, काठमाडौ – उदयपुर चौदण्डिगढी- १० देबधार बस्ने ९ बर्षीय बिक्रम चौधरीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।

सोमवार दिउसो ४ बजे सोही स्थानमा रहेको देबधार खोलामा पौडी खेल्ने क्रममा उनको डुबेर मृत्यु भएको प्रहरीले जाइएको  छ ।

घटनाको वारेमा कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।