मानसिक समस्या झेल्दै द्धन्द्धपीडित

कात्तिक १, नेपालगन्ज– सशस्त्र दश वर्षे द्धन्द्धका बाहिरी घाउ छोपीएका छन् । तर, त्यसबखत जनताले राज्य र विद्रोही पक्षबाट भोगेका यातनाका दाग अझै ताजै छन् । खास गरि द्धन्द्धपीडित परिवार, यातना पीडित र आफन्तका वेदना मनभरि आलै छ । ति आला वेदना एड्भोकेसी फोरमले बांकेमा मंगलबार र बुधबार दुई दिने द्धन्द्धपीडित समुदाय लक्षित कार्यक्रममा पोखियो । जसमा द्धन्द्धपीडित परिवार, आफन्त र पीडित व्यक्ति आफैले विगतमा भोगेका घाउ कोट्याउदै थिए ।

‘मनो सामाजिक सहयोग तथा अभिलेखीकरण तालिम’, कार्यक्रममा द्धन्द्धपीडित सहभागीले आफ्नो कथा आफै सुनाउने हिम्मत जुटाए । साथै मानसिक, शारिरीक र वैचारिक रुपमा भोग्नु परेको तनावबारे खुलेर चर्चा गरे । कार्यक्रममा सहभागी द्धन्द्धपीडित अभियन्ता चन्द्रकला उप्रेतीले द्धन्द्धकालमा रँज्यबाटै वेपत्ता पारिएका श्रीमानको पर्खाइमा आफु अझै बसिरहेको बताइन् । सरकारले न्याय दिन्छकी भन्ने झिनो आशामा उनी प्रतिक्षारत छिन् । उनी जस्तै हजारौ द्धन्द्धपीडित भएपनि अहिले सम्म राज्यले खेलाजोखा नगरेको उनले बताइन् । कोहलपुर घर भएकी यातना पीडित एक महिलाले शारिरीक र मानसिक रुपमा आर्मीबाट भएको दुरव्यवहारले मानसिक तनावमा परेको बताइन् । उनी रातभरि सुत्न सक्दिनन् । अध्यारो पर्यो भने डराउने, आत्तिने, चिच्याउने जस्ता मानसिक रोगका लक्षण देखा पर्छन् । उनी भन्छिन्,‘त्यो घाउ कहा बिर्सन सक्छु ?’

द्धन्द्धका बेला बैजनात गाउपालिका ५ की उषा दाहालका श्रीमान र जेठाजु राज्य द्धारा वेपत्ता पारिए । कलीला छोराछोरीको जिम्मेवारी सम्हाल्नुको आर्थिक भार त छदै थियो । त्यसमा पटक पटक आर्मीले उनी माथि दिदै आएको मानसिक तथा शारिरीक यातनाले उनि झस्किन्छिन । उनले त्यो कहाली लाग्दो घटना अहिले सम्झीन पनि सक्दीनन् । डरले हात खुट्टा काप्ने, शरिर थरथराउने, खुट्टा झमझमाउने मानसिक समस्या देखिएको उनले बताइन् । सशस्त्र द्धन्द्धकालमा दाजु र दिदि गुमाएकी दाङकी सुशीला चौधरीको कथा उस्तै पीडादायी छ । कार्यक्रममा पीडित सहभागीलाई विभिन्न विज्ञबाट मनोपरामर्श दिइ आत्म निर्भर बनाउन सहयोग गरिएको थियो । एडभोकेसी फोरमका बांकेका संयोजक बसन्त गौतमका अनुसार समाजमा द्धन्द्धपीडित डरले खुलेर अझै बोल्न सकेका छैनन । उनीहरुको आफ्नै वेदना आफैले न भन्दा सम्म मुद्धाले औचित्य नपाउनेहुदा यस्तो अभिमुखिकरण कार्यक्रम गर्नु परेको उनले सुनाए ।