नवदुर्गाको उपवास बस्दा डाईटको ख्याल कसरी गर्ने ?

काठमाडौ – नेपालीहरुको महान चाड दशै नजिकिदै गर्दा अब नवरात्री अर्थात नवदुर्गाको उत्सव आजदेखि सुरु भएको छ । यस अवसरमा माता दुर्गालाई प्रशन्न गर्न भक्तहरु ९ दिनसम्म उपवास बस्ने गर्दछन् । यसपालि नवरात्री १ कात्तिक देखि शुरु भई ९ कात्तिक सम्म चल्नेछ । नवदुर्गाको पर्व बर्षमा एक पटक आउने भएकाले यो निकै महत्वका साथ मनाइने गरिन्छ । यदि तपाईहरु पनि पूरै ९ दिन सम्म ब्रत बस्दै हुनुहुन्छ भने तपाईहरु आफ्नो डाइटमा विशेष ध्यान दिन जरुरी छ ।

डाइट सहि नभए व्यक्तिलाई कमजोरी र थकान महसुस हुन सक्छ । यस्तोमा तपाई आफ्नो डाइट चार्ट प्लान गर्दा यस्तो खाने कुराको प्लान गनुहोस जसमा प्रोटिन र न्युट्रिएट्स प्रचुर मात्रामा मिलोस ।

ब्रतको समयमा स्वास्थ रहन जानिराखौं कुन बेला कस्तो खानाको सेवन गर्ने

नवदुर्गाको पहिलो दिन विहान तपाईले ग्रीन टी र ड्राई फ्रुट्स जस्तै खजुरको साथमा दिनको शुरुवात गर्न सक्नुहुन्छ । यसो गरेमा दिन भरी फ्रेश महसुस हुन्छ ।

विहानी खाजा

विहानको खाजामा मौसमी फलफूल तथा जुसको सेवन गर्ने जसले तपाइको शरिरलाई हाइड्रेट गर्नुको साथसाथै भिटामिन्सहरुको उपलव्ध गराउछ ।

 

विहानी खाना
नवदर्गाको ब्रतमा दिउसोको खानामा साबुदानाको खिर वा खिचडी, पुरी, दही, प्याज लसुन नराखेको तरकारी, नरिवलको पानीको सेवन गर्न सकिन्छ । यसले तपाईलाई कमजोर महसुस हुन दिदैन ।

दिउसोको खाजामा

दिउसोको खाजामा चिया, उसनेको मकै, भट्मास तथा फलफूल, घरमा बानाईएका मिष्ठान्न सेवन गर्नु उचित हुन्छ । यसले शरिरलाई चहिने सन्तुलित पोषक तत्व प्रदान गर्दछ ।

रातीको खानामा

सामान्यतय रातीको खानामा कम क्यालरी खानुपर्ने भएकोले तपाईले कम मात्रामा मौसमी तरकारी प्याज लसुन नराखेको , हलुवा, रोटी खान सक्नु हुन्छ । राति सुत्नुअघि एक गिलास दुध पिउन सक्नुहुन्छ यसले शरिरमा केल्सियमको साथै निन्द्रा पनि राम्रो हन्छ ।