स्वेता खड्का भन्छिन् – मानिसहरु जमघट गर्ने,कफी खाने चलन नै हराइसकेको छ ।

असोज २९, काडमाडौं  – नेपाली चलचित्रमा कहाँ भेटिएला चलचित्र बाट डेब्यु गरेकी नायिका स्वेता खड्काले हाँसी देउन एक फेर, श्रीमान् श्रमिती, कोहिनुर कान्छी लगायतका चलचित्रमा अभिनय गरीसकेकी छन् ।

ब्यस्तताकै कारण चलचित्रमा समय दिन नसकेकी उनले कान्छी चलचित्रको दुई बर्षपछि निर्देशक यम थापाको लेखन तथा निर्देशनमा बन्ने नयां चलचित्रमा अनुबन्धीत भइसकेकी छन् । कोरोना महामारीका कारण उक्त चलचित्र केहि समय पर धकेलिएको छ ।

स्वेता चलचित्र अलवा ब्यबसाय र समाजसेवामा ब्यस्त छन् । स्वेता श्री फाउन्डेसन अन्र्तगत रहेर सिन्धुपाल्चोकमा माझी बस्ती निर्माणमा अग्रसर छन् स्वेता । त्यस्तै उनले बालुवाटारमा इलिमेन्ट रेष्ट्रो एण्ड बार सञ्चालनमा ल्याएकी छन् । उनै नायिका समाजसेवी तथा ब्यबसायी स्वेता खड्का संग इमेल खवरले उनको जिवनशैलीका बारेमा कुराकानी गरेको छ ।

अहिले के मा ब्यस्त हुनुहुन्छ ?
अहिले म ब्यबसायमा नै ब्यस्त छु । अहिले क्लोजिङ टाइम भएकाले पनि अडिट लगायत ब्यबसायिक काममा नै ब्यस्त छु । प्राय ब्यबसायीक मिटिङ मा नै मेरो समयम गइरहेको छ ।

कोरोना महामारीले ब्यबसायमा कत्तिको असर गरेको छ ?
ब्यबसायमा असर परेको छ नी । पहिलाको जस्तो अवस्था छैन । मानिसहरु रेष्टुरेन्टमा आउन छोडेका छन् । कुनै इभेन्ट छैन मानिसहरु जमघट गर्ने कफी खाने चलन नै हराइसकेको छ । यसको प्रत्यक्ष असर ब्यबसायमा पर्ने नै भयो नि हो ।

माझी बस्ती निर्माणको अभियान कहां पुग्यो ?

माझी बस्तीमा ५३ घर निर्माण भइसकेको छन् । अब अन्तिम चरणका केहि कामहरु भने बांकि नै छैन । कोरोना कहरले बस्तीमा पनि काम गर्न सकिरहेको छैन ।

चलचित्र, समाजसेवा, ब्यबसाय सबैतिर सक्रिय हुनुहुन्छ ? समय कसरी मिलाउनु हुन्छ ?
मेरा लागि समय एकदमै टाइट नै छ । सबै काम गर्न समयका कारण ग्राहो भने हुन्छ नै । एउटा गर्दा अर्को छुटिरहेको हुन्छ । त्यहि पनि सकेसम्म मिलाएर लाने कोसिस गरिरहेको हुन्छु ।

अहिले संक्रमण बढ्दो छ , कसरी सुरक्षा अपनाउनु भएको छ ?
मनमा डर भएपनि काम गनुएपर्ने हुन्छ । मानिसहरु संग भेटघाट गरिराख्नु पर्दछ । मास्क सेनेटाइजर प्रयोग गर्छु । सामाजिक दुरी कायम गर्छु । सरसफाइमा पनि त्यत्तिकै ध्यान दिन्छु । यि सबै गर्दा पनि संक्रमण हुने डर भने भइरहन्छ ।

सोसल मिडिया कत्तिको चलाउनु हुन्छ ?
सोसल मिडिया चलाइरहेको हुन्छु ।

पुस्तक पढ्नुहुन्छ ?

ब्यस्त भएकाले पुस्तक पढ्न पाएको छैन ।

 

मन पर्ने खाना ?

नेपाली खाना । दाल, भात तरकारी ।

खाना पकाउन कत्तिको मन पर्दछ ?

पकाउन मन लाग्छ तर समय नै हुदैन ।