फ्रान्सका ९ शहरमा रात्रिकालिन कर्फ्यूको घोषणा

 

असोज २९, एजेन्सी –  कोरोना संक्रमित बढ्दै गएपछि फ्रान्सले देशका ९ शहरमा रात्रिकालिन कर्फ्यू लगाएको छ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले देशमा कोरोनाको बढ्दो संख्यालाई हेर्दै सोको रोकथामका लागि राजधानी पेरिससहित ९ शहरमा राति ९ बजेदेखि बिहान ६ बजेसम्म नागरिकहरू घरमै बस्नुपर्ने बताएका छन्।

बुधबारमात्र फ्रान्समा २२ हजार ९ सय ५१ जना नयाँ संक्रमित फेला परेका छन्। कोरोनाको दोश्रो लहरसँग जुध्न अहिले युरोपका कयौं सरकारले नयाँ प्रतिबन्धहरूको घोषणा गरेका छन्।