खैरोहिरोईन ब्राउनसुगर सहित एक जना पक्राउ

असोज २७, सुनसरी सुनसरीमा ब्राउनसुगर सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी धरान १५ बिशालचोक बस्ने ३८ बर्षीय विजय कुमार रोक्का रहेको ईलाका प्रहरी कार्यालय धरानले बताएको छ ।

को १० प ६२५९ नम्बरको मोटरसाईकलमा आईरहेका रोक्कालाई विषेश सुराकका आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले हिजो राती ८ बजे धरान साम्पाङ चोकबाट नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

नियन्त्रण पश्चात उनिमाथी चेकजाँच गर्दा शरिरमा लुकाई छिपाई राखिएको १२ ग्राम ५०० मिलिग्राम लागुऔषध खैरोहिरोईन ब्राउनसुगर र नगद १० हजार ९ सय ६० रुपैया समेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पक्राउ परेका रोक्का उपर ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको छ ।