एन आई सीका ग्राहकलाई ई कमर्शमा अनलाइन भुत्तानी गर्दा २५ प्रतिशत सम्म नगद फिर्ता

असोज २७, काठमाडौं –  वडादशैं, शुभ दिपावली, नेपाल संवत् एवं छठपर्वलाई लक्षित गर्दै अनलाइन सामान खरिद गर्न चाहनुहुने ग्राहकहरूका लागि आकर्षक नगद फिर्ता (Cash Back) को योजना सार्वजनिक गरेको छ ।

उक्त आकर्षक योजनाअन्तर्गत Sastodeal, Gyapu Marketplace, Thulo Pasal, Infistore, Okdam र  Kalmart  जस्ता ई–कमर्शबाट बैंकका ग्राहक गा्रहकहरुले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइन भुक्तानी गर्दा अधिकतम २५ प्रतिशतसम्म नगद फिर्ता प्राप्त गर्न सक्नेछन् ।

नेपालमा अनलाइन किनमेल बढिरहेको वर्तमान अवस्थाबीच चाडपर्वका बेला अझ बृद्धि हुने प्रक्षेपणअनुरुप बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहक महानुभावहरूलाई प्रोत्साहन गर्नका निमित्त उक्त ई–कमर्श कम्पनीहरूबाट जुनसुकै सामग्रीहरू खरिद गर्दा आकर्षक नगद फिर्ताको व्यवस्था गरेको हो ।

डिजिटल कारोबारमा ग्राहक ग्राहकहरुको उपस्थितीलाई मध्यनजर गर्दै यस बैंकले Sastodeal   Gyapu र Marketplace  मा २० प्रतिशत वा रू.२००० सम्म, Kalmart  मा २५ प्रतिशत वा रू.१५०० सम्म तथा Thulo Pasal, Infistore / Okdam  मा १५ प्रतिशत वा रू.१००० सम्म नगद फिर्ता हुने व्यवस्था गरेको छ ।

यस बैंकमा आबद्ध ग्राहक महानुभावहरूले २७ असोज देखि १ कार्तिक २०७७ सम्म ई–कमर्शहरूबाट किनमेल गर्दा डिजिटल भुक्तानी गरी उक्त नगद फिर्ता प्राप्त गर्न सक्ने बैंकले बताएको छ ।