‘बुढीगण्डकी परियोजनाको छानबिनका लागि सहयोग गर्न तयार छु’ – डा.भट्टराई

 

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले बुढीगण्डकी परियोजनाको छानबिनको माग गरेका छन् । उनले सामाजिक संजाल ट्वीटरमा एक स्टाटस लेख्दै आफूले त्यसको छानबिनका लागि सहयोग गर्ने बताएका हुन् ।

भट्टराईले आफू प्रधानमन्त्री छँदा नेपाल आफैंले निर्माण गर्ने प्रक्रिया अघि बढाएको राष्ट्रिय गौरवको बुढीगण्डकी परियोजना पछिल्ला सरकारले कमीसनखोरहरूको संलग्नतामा बदनाम विदेशी कम्पनीलाई दिएको र अहिलेसम्म अलपत्र पारेको भन्दै उच्चस्तरीय र निष्पक्ष छानबिनको माग गरेका छन् ।

उनले भनेका छन् मेरो प्रमकालमा नेपाल आफैंले निर्माण गर्ने प्रक्रिया अघि बढाएको राष्ट्रिय गौरवको बुढीगण्डकी परियोजना पछिल्ला सरकारले कमीसनखोरहरूको संलग्नतामा बदनाम विदेशी कम्पनीलाई दिएको र अहिलेसम्म अलपत्र पारेको विषयमा उच्चस्तरीय र निष्पक्ष छानवीनको माग गर्दछु । त्यसलाई सहयोग गर्न प्रतिबद्ध छु

आइतबार भट्टराईले नेपाली काँग्रेसले बूढीगण्डकी जलविद्युत् परियोजना कमिशनका कारण अलपत्र पारेको र त्यसमा काँग्रेस सभापतिसमेतको संलग्नता रहेको भन्ने अभिव्यक्ति दिए पछि यसको विरोध गर्दै काँग्रेसले प्रमाण पेश गर्न माग गरेको छ ।