एलिना चौहानको ’म त मोबाइल वाली’ हेरौ भिडियो

पछिल्लो समयकी चर्चित गायिका एलिना चौहानको नयाँ गीत सार्वजनिक भएको छ ।

’म त मोबाइल वाली’ बोलको गीत आइतबार युट्युबमा सार्वजनिक भएको हो । गीतमा महेश कोइरालाको शब्द रहेको छ भने रिमेश कुमारको सङ्गीत रहेको छ ।

गीतलाई विशाल निरौलाले एरेन्ज गरेका हुन् । सार्वजनिक म्युजिक भिडियोमा चन्दा दाहाल, आर्यन पुडासैनी र महेश कोईराला फिचर्ड छन् ।
एकान्त मगरको निर्देशन एवं सम्पादन रहेको भिडियो एलेन मगरले खिचेका हुन् । गीत केही फरक शैलीको बनेको छ ।