यूईएफए नेसन्स लिगमा फ्रान्स र पोर्चुगलको बराबरी

 

एजेन्सी यूईएफए नेसन्स लिगमा फ्रान्स र पोर्चुगलले बराबरी खेल्दै अंक बाँडेका छन् ।

आईतबार राति फ्रान्सको पेरिसमा दुवै टिमले गोल रहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

नेसन्स लिगको सबैभन्दा ठुलो खेलले सन् २०१६ को युरो फाइनलको झल्को लिएको थियो । फ्रान्सेली मैदानमा पोर्चुगलले अप्रत्यासीत रुपमा फाइनल उपाधि जितेको थियो ।

त्यसपछि फ्रान्सले सन् २०१८ को विश्वकप र पोर्चुगलले सन् २०१९ को नेसन्स लिगको उपाधि जितेको थियो ।

समूह चरणमा दुवै टिमले समान ७ अंक बटुलेका छन् ।