बलिउड अभिनेत्री रेखा पुगिन् ६६ बर्ष, यस्तो छ उनको सुन्दरताको राज

बलिउड अभिनेत्री रेखा आज ६६ बर्ष पुगेकी छन् । ६६ औं बर्षमा पनि उनको सुन्दरतामा कुनै कमी आएको छैन । बलिउडमा उनको सुन्दरताको तारीफ सधै भइरहन्छ । आखिर उनले कसरी सुन्दरता कायम राखीरहेकी छन् त ? आज हामी सुन्दरता कायम राख्नेका लागि उनले गर्ने केहि कुराहरुको चर्चा गर्नेछौं ।

हाइड्रेशनमा ख्याल राख्नु
छालालाई नेचुरल राख्नका लागि आवश्यक पर्दछ हाइड्रेशन । रेखा आफ्नो छाला स्याहार मा एकदमै ध्यान दिन्छिन् । छालालाई नेचुरल राख्नको लागि उनले दैनिक १० देखि १२ ग्लास पानी पिउछिन् । पानी पिउनाले छालामा ग्लो आउने गर्दछ । छालामा ग्लो ल्याउनका लागि रेखा अत्यधिक पानी पिउने गर्छिन् ।

आयुर्वेदिक सामाग्रीको प्रयोग
रेखा महंगो कस्मेटिक सामान प्रयोग गर्नु भन्दा आयुर्वेदिक सामाग्री बढी प्रयोग गर्छिन् । उनी आयुवेदिक सामाग्रमिा निकै बिश्वास गर्छिन् । उनी आफुलाई सुन्दर राख्नका लागि आयुर्वेदिक स्पा र ट्रीटमेन्टको सहायता लिन्छिन् ।

खानपानमा ध्यान
रेखा खानपानमा निकै ध्यान दिन्छिन् । चिल्लो र मसलादार खानेकुराबाट उनी टाढै रहन्छिन् । उनको डाइट प्लानमा फ्रेस सागसब्जी, सलाद र दही पर्दछ । त्यस्तै रेखा चामलको रोटी पनि अधिक मात्रामा खाने गर्छिन् ।

ब्यायम र योगा गर्नु
रेखा योगा र ध्यान गर्ने गर्छिन् । यसले उनलाई शारीरीक र मानसिक रुपमा तन्दुरुस्त बनाउने गर्दछ । उनी तालीका अनुसार काम गर्छिन् । रातको समयमा उनी काम गर्दिनन् । उनी राती ८ बजे सुत्ने गर्छिन् । प्रशस्त निन्द्राले आफु फिट रहने उनमा विश्वास छ ।