काम नहुँदा स्वयम्भूको डाँडामा बसेर घर गन्ने गर्थे-सपुत

प्रकाश सपुत नेपाली गीत संगीत क्षेत्रको एक चर्चित नाम उनले सार्वजनिक गरेका  ‘बोल माया  ‘गलबन्दीबदला बरीलै निकै चर्चित गीत हुन् अरुले भन्दा फरक तरिकाको दोहोरी ब्याटल गाउने सपुत सांगीतिक क्षेत्रका बहुप्रतिभाशाली ब्यत्ति समेत हुन् उनि  गीत रचना गर्छन संगित भर्छन अनि आफै  गाउछन   यति मात्रे काहा होर र ?  ति गितका भ्यूजिक भिडियोमा आफै  निर्देशन गर्छन अनि मोडलिङ  पनि गीत संगीतमा सामाजिक बिषयबस्तु उठान गर्ने उनी सबै पुस्ताका बिच लोकप्रिय छन् उनै प्रकाशसंग इमेलखवरले कोरोनाका कहरले वदलेको जिवनशैलीको बारेमा कुराकानी गरेको प्रस्तुत , उनीसंग गरिएको कुराकानी

अहिले के मा ब्यस्त हुनुहुन्छ ?

भर्खरै लोकदोहोरी गीत माँहिलीको मोडलिङ सके । त्यस्तै अन्य लोकदोहारीका गीतहरु पनि आइरहेका छन् । त्यसमा काम गर्दै छु ।

कोरोना कहरका कारण धेरै कलाकारहरुले फुर्सदमा रहेको बताइरहेका छन्, त्यसो भए तपाइलाई चांहि फुर्सद मिलेन ?

पहिलको तुलनामा केहि फुर्सद भएको हो । तर पनि मैले केहि न केहि सिर्जना गरिरहे । लकडाउनकै बिचमा बदला बरिलै सार्वजनिक भयो । त्यसको निकै राम्रो प्रतिक्रिया पाएको छु । त्यसपछि मेरो अर्को नमस्ते बोलको गीत पनि सार्वजनिक भयो । यसरी लकडाउनको समय पनि सदुपयोग गरे । बिभिन्न सिर्जनाहरु वाहिर ल्याए । समयको सदुपयोग गर्न सके त फुर्सद नै हुदैन रहेछ ।

कोरोना महामारीले तपाईको जीवनशैलीमा कत्तिको परिवर्तन ल्याएको छ ?

म एकदमै चुलबुले मान्छे छु । काम नहुदा स्वायम्भुको डांडामा बसेर घर गन्ने गर्थे । मलाई छटपटी भइराख्थ्यो । तर अहिले भने परिवारसंग रमाउने । धैर्य गर्न सक्ने भएको छु । त्यस्तै खानपानमा पनि निकै सचेत छु । कोरोना महामारी पश्चातको लकडाउनले परिवारसंग रमाउन सिकाएको छ । समयको उपयोग गर्न  सिकाएको   छ ।

अहिले संक्रमण बढ्दो छ , कसरी सुरक्षा अपनाउनु भएको छ ?

बढ्दो संक्रमणको बिचमा पनि हामी उच्च सर्तकताका साथ काम गरिरहेका छौं । सिमित मानिसहरुमा काम हुने गरेको छ । सकेसम्म मास्क सेनिटाइजर प्रयोग गर्छु । सरसफाईमा पनि निकै ध्यान दिन्छु । काम गर्दा माउथ टु माउथ काम गर्दैनौं ।

तपाई गीत, संगीत र निर्देशन देखि मोडलिङ सबै गर्नुहुन्छ । यो कसरी सम्भव हुन्छ ?

बाहिरबाट देख्दा त्यस्तो देखिन्छ तर बास्तवमा गाह«ो चाहि छैन । यि कुराहरु भनेका संगीतका हाँगाहरु हुन् । ती हाँगाहरुमा म रमाउछु । यि सबै प्रक्रियागत नै जान्छन् । गीत रचना गर्दै संगीत र संगित गर्दै भिडियो निर्देशन सम्मको चित्र आफै आउदै गइरहेको हुन्छ । प्राबिधिक टिमहरुसंग पनि सल्लाह सुझाव मागिरहेको हुन्छु ।

सोसल मिडिया कत्तिको चलाउनु हुन्छ ?

सोसल मिडिमा सकेसम्म एक्टिभ हुन चाहान्छु तर समय मिलिरहेको हुदैन । त्यसकारण अलि कम समय दिन्छु । धेरै युवा साथीहरुले सोधिरहनु हुन्छ पोष्ट नै आउदैन भनेर । म बढी फेसबुक चलाउछु । फेसबुक मलाई फ्रेन्ड्ली लाग्छ ।

पुस्तक पढ्नु हुन्छ ?

पुस्तक पनि पढिरहेकै हुन्छु । मलाई फिक्सन बढी मन पर्दछ । भर्खरै मैले सन्दुक रुइतको जिवनी पढिसके ।

दशै नजिकिदै छ स्रोताहरुलाई केहि उपहार दिने योजना छ कि ?

अहिले स्रोताहरुलाई उपहार दिने योजना बनाएको छैन । बिभिन्न ब्रान्ड अन्र्तगत रहेर स्रोताहरुलाई शुभकामना चांहि पक्कै दिनेछु ।

अन्त्यमा, अबको सांगितिक भबिष्य कस्तो देख्नुहुन्छ ?

कोरोना महामारीको असर संगीत क्षेत्रमा पनि परेको छ । केहि समय ठप्प भएपनि लकडाउन पश्चात भने गीतहरु आउने क्रम बढेको छ । अवस्था सामान्य हुदै जादा सांगीतिक क्षेत्र पनि सामान्य बन्दै जान्छ । त्यसकारण, हामीले हरेस खानुपर्ने अवस्था छैन । अन्य ब्यापार ब्यबसाय सञ्चालन हुन साथ मनोरञ्जन क्षेत्र पनि सञ्चालित हुन्छ भन्ने विश्वासमा छु ।