युईएफए नेसन्स लिग- स्पेनले स्विटजरल्याण्डलाई १–० ले हरायो

 

एजेन्सी – युईएफए नेसन्स लिग फुटबलमा स्पेनले स्विटजरल्याण्डविरुद्ध संघर्षपूर्ण जित दर्ता गरेको छ ।

शनिबार राति मड्रिडमा भएको खेलमा स्पेनले स्विटजरल्याण्डलाई १–० ले हराएको हो ।

जितसंगै स्पेन तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उसले ३ खेलबाट ७ अक जोडेको छ । पुछारको स्विटजरल्याण्डको १ अंक छ ।