’टिकटक बहस’ गर्दै विजय र सुनिशा(भिडियो)

टिकटकलाई विषय बनाएर गीत म्युजिक भिडियो निर्माण भएको छ ।

गायिका शान्ति श्री परियार र गायक प्रताप दासको आवाजमा ’टिकटक बहस’ नाम दिइएको म्युजिक भिडियो युट्युबमा सार्वजनिक गरिएको हो ।

गीतमा शब्द तथा सङ्गीत गायिका परियारकै रहेको छ । गीत सुदिप सागरले एरेन्ज गरेका हुन् । सार्वजनिक गीतको भिडियोमा कलाकार विजय बराल, सुनिशा बजगाईँ, सुशील पोख्रेल र दिप्सन परियारको अभिनय रहेको छ ।

नारायण भुजेलले निर्माण गरेको य दोहोरी गीतलाई दीपेन्द्र तिमल्सिनाले निर्देशन गरेका हुन् ।

भिडियोमा बाल कलाकार ग्रीजल जिसी र आरुशी मानन्धरको पनि अभिनय रहेको छ । अनिल के. मानन्धरले खिचेको भिडियो सम्पादन मनोज कार्कीले गरेका हुन् ।