संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ ।
भट्टराईले सामाजिक सञ्जाल मार्फत आफुलाई कोरोना पोजेटिभ देखिएको बताएका छन् ।
उनले स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताएका छन् । उनले भनेका छन् ‘हालसम्म हल्का ज्वरो बाहेक अरु समस्या देखिएको छैन’
शुक्रबार बेलुकी ज्वरो आएपछि भट्टराईले शनिबार स्वाब दिएको बताएका छन् ।
