मिलन र राजनराजको ’ताल्चा लगाऊ’ सार्वजनिक – हेरौं भिडियो

लोकप्रिय गायिका मिलन नेवार र गायक राजनराज सिवाकोटीले नयाँ साङ्गीतिक कोसेली लिएर आएका छन् ।

शुक्रवार ’ताल्चा लगाऊ’ बोलको म्युजिक भिडियो युट्युब मार्फत सार्वजनिक गरिएको हो । गीतमा गायक राजनराजकै शब्द तथा सङ्गीत रहेको छ । गीतमा दीक्षित पौडेलको एरेन्ज रहेको छ ।

गायक सङ्गीतकार सिवाकोटी पछिल्लो समय निकै व्यस्त छन् । उनले आवाज र सङ्गीत दिएका गीतहरू एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका छन् । सार्वजनिक भिडियोमा राजेश पुमा राईको निर्देशन रहेको छ भने गायिका मिलन, गायक राजनराज र दिनेश काफ्ले फिचर्ड छन् ।

सुमन नेवारको नृत्य निर्देशन रहेको भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने विकास दाहालले सम्पादन गरेका हुन् । यस म्युजिक भिडियो देवी थान म्युजिकको युट्युब च्यानलमा उपलब्ध छ ।