अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा इंग्ल्यान्ड विजयी

 

नेसन्स लिग खेल्नु अघि भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा इंग्ल्यान्डले वेल्सलाई ३–० गोलअन्तरले हराएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा इंग्ल्यान्डले सहज जीत निकालेको हो ।

इंग्ल्यान्डको जीतमा डोमिनिक काल्भर्ट लेविन, कोनर कोएडी र ड्यानी इंग्सले एक एक गोल गरे । पहिलो हाफमा १ गोल गरेको इंग्ल्यान्डले दोस्रो हाफमा २ गोल थप्दै जित हासिल गरेको हो।