ढाडको समस्या समाधानका लागी उपयोगी योग

काठमाडौ-  व्यस्त जिवनशैली र खानपानका कारण मानिसलाई ढाड दुख्ने समस्याले समस्यामा पारेको छ । पहिला पहिला वुढेसकालमा देखिने समस्या अहिले युवामा पनि देखिन थालेको छ । ढाड दुखाइ के हो ? र यसवाट कसरी भुक्ति पाउने भन्ने विषयमा यहा चर्चा गरिएको छ ।

ढाड के लाई भन्ने ?

सामान्यतया ढाड भन्नाले गर्दनको पछाडि, घिच्रो र नितम्ब चाक बिचको मेरुदण्डको पुराभागलाई ढाड भनिन्छ।

ढाडमा समस्या हुने कारणहरु

१ ढाडभित्रबाट हुने ईन्फ्लामेशन
२ बाहिरि कारण

१ शरीर(ढाड)भित्रबाट हुने कारणहरु (ईन्फ्लामेशन)
– क्याल्सियमको कमी हुनु
– मेरुदण्ड चिप्लिनु
– मेरुदण्डको हड्डि सर्नु
– हाड कमजोर हुनु
– मेरुदण्डको जोर्नी खिइएर जानु
– नशा च्यापिनु
– उमेरको कारण

२ बाहिरी कारणहरु
– धेरैबेर एउटै आसनमा काम गर्नु(घण्टौ समय बसेर वा उभिएर काम गर्नु।
– बस्ने तरिका ठीक नहुनु(कुर्चि वा अन्य स्थानमा बस्दा ढाडको पोजिसन नमिलाई बस्ने
– दुर्घटनामा पर्नु(सवारी साधन वा बाढीपहिरो वा अन्य कारण
– योग तथा अन्य शारिरिक अभ्यास नगर्नु

ढाडको माँसपेसीमा तनाव हुँदा धेरै बेर एउटै आसनमा बस्न नसक्नु।
.छिटो थकान महसुस हुने।
.लामो समयसम्म उभिँदा वा बसिरहँदा ढाडको माँसपेसी दुख्नु।
.लामो समयसम्म हिँड्न गाह्रो हुने।
.कम्मर पछाडिको भाग,नितम्व र खुट्टाहरु झमझम गर्नु।

ढाडको दुखाइबाट जोगिन गर्नु पर्ने दैनिकि

.धेरै तनाव नलिने।.स्पाइनको सही आसन कायम गर्ने।
.कुर्सीमा बस्दा अडेस लागेर सिधा बस्ने।
.एउटै आसनमा धेरैबेर नबस्ने।
.सन्तुलित आहार खाना खाने।
. नियमित योग व्यायाम गर्ने।

.धेरै तनाव नलिने।

.सधै खुशी हुने

.धेरै तनाव नलिने।.सधै खुशी हुने

.स्पाइनको सही आसन कायम गर्ने।

.कुर्सीमा बस्दा अडेस लागेर सिधा बस्ने।

 .सन्तुलित आहार खाना खाने।

.आफ्नो शरीरलाई चाहीने भन्दा बढी नखाने, खादा एकैपटकमा धेरै खाने र कहिलेकाही खादै नखाने बानि नगर्ने ब्यालेन्स मिलाएर खाने पानी प्रशस्त पिउने।

नियमित गर्नु पर्ने योगका आसनहरु
सुप्त कपूतासना

सावधानी
घुडाको दुखाइमा गर्न हुदैन, गर्भावस्थामा गर्न हुदैन।

गोमुखासना

सावधानी(घुँडा तथा खुट्टाको दुखाईमा सावधानी अपनाउनु पर्दछ।
सुप्त मत्स्येन्द्रासना

सावधानी
गर्भावस्था वा भर्खरै पेटको अपरेशन गरेको भए सावधानी अपनाउनु पर्दछ।

भ्रामरी
यसले ब्रेनलाई मसाज गराउने हुनाले तनाबलाई घटाउछ र ढाड दुखाई कम गर्छ।

सावधानी –भर्खरै ब्रेन अपरेशन गरेको अवस्थामा सवधानी अपनाउनु पर्दछ।
सेतु बन्धासना

सावधानी(घाँटीमा इन्जुरी भएको बेला सवधानी अपनाउनु पर्दछ।)

गणेश गैरे (एमएस्सी योग थेरापी)