शिक्षक सेवा आयोगको अध्यक्ष छनौटका लागि समिति गठन

असोज २१, काठमाडौं – सरकारले रिक्त रहेको शिक्षक सेवा आयोगको पदाधिकारी सिफारिसका लागि एक समिति गठन गरेको छ ।

सोमबार बसेको मन्त्रीपरिषदको बैठकले आयोगको अध्यक्ष, एक महिला सहित दुई सदस्य नियुक्तिको सिफारिसका लागि लोकसेवा आयोगका अध्यक्षको नेतृत्वमा एक सिफारिस समिति गठन गरेको हो ।

समितिको सदस्यमा त्रिभूवन विश्वविद्यालयका उपकूलपति र शिक्षा मन्त्रालयका सचिव रहेका छन् ।

यस्तै गत बैशाखमा स्थगित राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीको पदपूर्ति प्रक्रियालाई सुचारु राख्न स्वीकृति दिने निर्णय गरेको छ ।

परराष्ट्र मन्त्रालयको सिफारिसमा विभिन्न १२ देशका अवैतनिक बाणिज्यदूतहरुको पदावदी थप तथा नयाँ नियुक्ति दिने निर्णय गरेको छ ।

मदन भण्डारी विज्ञान तथा प्रविभि विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति गठन आदेश २०७५ संशोधन गर्ने निर्णय पनि गरेको छ ।