कटुवा पेस्तोलसहित दुई पक्राउ

असोज २१, बाँके – बाँकेको नरैनापुर गाँउपालिका ५ सर्बराजपुरुवाबाट कटुवा पेस्तोलसहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

मंगलबार बेलुका हुलाकी सडकखण्डमा हातहतियारको ओसारपसार भईरहेको सुचनाको आधारमा खटिएको प्रहरीले २ थान कटुवा पेस्तोल र त्यसमा लाग्ने ५ राउण्ड गोली फेला पारेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार ईलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी निरिक्षक बसन्त गौतमको नेतृत्वमा खटिएको प्रहरी टोलीले स्थानियलाई चेकजाँच गर्ने क्रममा दुई जनाको साथबाट अबैध हतियार बरामद भएको हो ।

हतीयारसहित पक्राउ पर्नेमा नेपालगंज उपमहानरपालिका वडा नं. २० मनिकापुरका ६२ वर्षिय सलिम नाँउ र वडा नं. १९ बासुदेबपुरका ३३ वर्षिय ईब्राहिम बेहना रहेका छन ।

प्रहरीलाई देख्नासाथ उनिहरुले बोकीराखेको प्लाष्टिकको बोरा भुईमा फालेपछि चेकजाँज गर्दा कटवा पेस्तोल र त्यसमा लाग्ने गोली बरामद गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । पक्राउ परेका दुबैलाई थप अनुसन्धान गरी आवश्यक कारवाही प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ ।

मुलुकी अपराध संहित ऐन २०७४ को परिच्छेद ५ दफा १३२ बमोजिमको उनीहरुलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने ब्यवस्था छ ।