पछिल्लो २४ घन्टामा २१ सय २० संक्रमित थपिए

असोज १७, काठमाडौं – नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा २ हजार १ सय २० जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थपिएका २ हजार १ सय २० जनासहित देशभर संक्रमितको संख्या ८४ हजार ५ सय ७० पुगेको जानकारी दिए ।

संक्रमितमध्ये ६२ हजार ७ सय ४० जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट ५ सय २८ ज्यान गुमाउनेको संख्या पुगेको छ ।
यस्तै कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या पनि बढ्न थालेको छ । पछिल्लो २४ घन्टामा ८ जनाको कोरोना संक्रमणबाट ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट हालसम्म ज्यान गुमाउनेको संख्या ५ सय २८ पुगेको छ ।