भेरीको परिक्षणमा १३ संक्रमित थपिए

असोज,१६ बाँके- शुक्रबार भेरी अस्पताल नेपालगन्जको ल्यावमा गरीएको परिक्षणमा १३ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये ७ जना बाँकेका र ६ जना बर्दियाका रहेका छन ।

बर्दियाका संक्रमितमध्ये २ जना प्रहरी समेत रहेको भेरी अस्पतालद्धारा जारी विवरणमा उल्लेख गरीएको छ ।

पछिल्लो २४ घण्टामा १३९ जनाको स्वाव परिक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।