सिटी एक्सप्रेसको “जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिनरु १०,००० हातमा” योजना सार्वजनिक

असोज १५, काठमाडौ – सिटी एक्सप्रेस मनी ट्रान्सफरले नेपालीलृ मनाउने पर्व दशैँ, तिहार र छठ्लाईलक्षितगर्दै आफ्नाग्राहकसंग पर्वको खुशीसाट्न “जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन रु १०,००० हातमा”उपहार योजना घोषणा गरेको छ ।

सिटी एक्स्प्रेसको यो उपहार योजनाअन्तर्गत लक्की ड्र मार्फत ६० दिनलगातार हरेक दिन १ जना विजेतालाई रु१०,०००उपहार प्रदानगरिने छ ।

कम्पनीकाअनुसार यस“जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन रु १०,००० हातमा”अफर असोज १५ गते देखि मंसिर १५ गते सम्मलागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फतदेश विदेशबाट पैसा पठाउने सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिने छ । कम्पन्ीका अनुसार यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि व्यक्तिलाई लागु हुने छैन ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै १४ वर्ष देखि कोरिया, जापान, साउदी, कतार, कुवेत, मलेशिया , अष्ट्रेलिया, लगायत संसार भरबाट विप्रेषण सेवाप्रदानगर्दै आइरहेको छ ।

आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १०,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्ष्तितरिकाले भुक्तानीप्रदानगर्ने, कुनै पनि बैंकको खातामा रकमजम्मागर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदानगर्दै आइरहेको छ ।