कोरोना कहर : थप ७ जनाको मृत्यु

असोज १४,काठमाण्डौं- नेपालमा पछिल्लो चौबीस घण्टामा ७ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

यो सँगै नेपालमा अहिलेसम्म कोरोनाका कारणले मृत्यु हुनेको संख्या ४९८ पुगेको छ । पछिल्लो चौबीस घण्टामा एक हजार ५७ जना कोरोनाभाइरस सङ्क्रमित निको भएर घर फर्केका छन् ।

मन्त्रालयले दैनिक प्रेस ब्रिफिङ्को क्रममा हाल नेपालमा २० हजार ८९१ जनामा कोरोनाभाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ । थपिएका नयाँ सङ्क्रमित सँगै नेपालमा कुल सङ्क्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ ।

हालसम्म ५६ हजार ४२८ जना सङ्क्रमित निको भएका छन् भने आइसोलेसनमा २० हजार ८९१ जनामा र क्वारेन्टाइनमा पाँचहजार ४२८रहेका छन।