रिया चक्रवर्तीलाई हिरासतमै राख्न अदालतको आदेश

काठमाडौ- बलिउड नायक सुशान्त सिंह राजपूत आत्महत्या प्रकरणमा मुछिएकी उनकी प्रेमिका रिया चक्रवर्तीलाई अझैं केही समय हिरासतमै बस्नुपर्ने भएको छ । लागूऔषधसम्बन्धी विशेष अदालतले उनलाई धरौटीमा रिहा गर्न नमिल्ने आदेश जारी गरेपछि हिरासतमै रहनुपर्ने भएको हो ।

लागूऔषध नियन्त्रण ब्युरोले रियाको मुद्दामा धरौटीमा रिहा गर्न नमिल्ने जवाफ दिएको थियो । त्यसमाथि हिजो बम्बई उच्च अदालतमा सुनुवाई भएको थियो । लागूऔषध नियन्त्रण ब्यूरोले मुद्दामाथ जवाफ दिदै रियालगायतको विषय धरौटी दिन मिल्ने प्रकारको नभएको जिकिर गरेको थियो ।

रियासहित उनका आफन्त र तीनजनामाथि लागूऔषध मामलामा छानविन भइरहेको छ ।-एजेन्सी