डा. केसीको जीवन रक्षा गर्न नागरिक अगुवाको अपील

असोज ११, काठमाडौं – अनसनरत डा गोविन्द केसीको जीवन रक्षा गर्न नागरिक समाजका अगुवाहरुले सरकारसँग अपील गरेका छन् ।

यस्तो अपिल गर्नेहरुमा पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, सुशीला कार्की, पूर्व सभामुख दमननाथ ढुगांना, पूर्व उपकुलपति प्रा.डा. केदारभक्त माथेमा, शम्भु थापा, भीमार्जुन आचार्य लगायत छन । उनिहरुले आइतवार संयुक्त अपील जारी गर्दै डा केसीको जीवन रक्षा गर्न माग गर्दै र उनका मागहरु सम्बोधन गर्न सरकारलाई अपील गरेका छन् ।

डा. केसीले २९ भदौमा जुम्लाको चन्दननाथनगरपालिका–६ स्थित बाबिरामष्ट मन्दिरमा अनसन थालेका थिए ।