ट्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु

असोज ११, काठमाडौ – ताप्लेजुङ फुङलिङ ७ स्थितमा बस्ने २६ बर्षीय दिपेन्द्र ओख्राबु लिम्बुको ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ ।

आइतवार बिहान साढे १० बजे सोहि स्थान राजमार्गमा ना ६ त ३००० नम्बरको ट्याक्टरले पैदल हिडिरहेका लिम्बुलाई ठक्कर दिदा उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

ठक्कर दिने ट्याक्टर नियन्त्रणमा लिईएको र चालक फरार रहेकोले उनको खोजी भईरहेको उक्त कार्यालयले जनाएको छ ।