भारतका पूर्वरक्षामन्त्री जसवन्त सिंहको निधन

असोज ११, काठमाडौँ — भारतका पूर्व केन्द्रीय मन्त्री जसवन्त सिंहको निधन भएको छ । लामो समय देखि अस्पतालमा उपचार गराइरहेका उनको आइतवार नयाँदिल्लीस्थित आर्मी अस्पतालमा निधन भएको भारतीय सञ्‍चारमाध्यमले जनाएका छन् ।

६ वर्षअघि ८२ वर्षीय सिंह बाथरुममा लडेर टाउकोमा चोट लागेपछि अस्पताल भर्ना भएका थिए । त्यही बेलादेखि उनी कोमामा थिए ।

भारतीय जनता पार्टीका संस्थापक सदस्य जसवन्त सिंह अटल बिहारी वाजपेयी नेतृत्वको सरकारमा विदेश, रक्षा तथा अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । उनी राजनीतिमा आउनुअघि भारतीय सेनाका मेजर रहेका थिए ।