कोरोनाका कारण बर्दियाका एक वडाअध्यक्षको मृत्यु

असोज ७, बर्दिया-बर्दियाको बारबर्दियाका वडा नम्बर ३ का अध्यक्ष कमल थारुको कोेरोनाका कारण मुत्यु भएको छ ।

बारबर्दियाका वडा नम्बर ३ बानियाभार स्थायी ठेगाना भएका उनको उपचारको क्रममा भेरी अस्पताल नेपालगञ्जमा बुधबार विहान १० ः ३० बजे मृत्यु भएको हो ।

दुवै तर्फको फोक्सोमा निमोनियाको समस्या देखिएका उनी कोरोना रोकथाम तथा नियन्त्रणको क्रम मै भदौ २९ गते अस्पताल भर्ना भएका थिए । स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार भदौ ३० गते नै कोरोना पुष्टि भएको थियो ।

यता बर्दियाको बारबर्दिया नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारुले केही समय देखि स्वास्थ्यमा समस्या देखिएका उनको मृत्युको खवरले नगरपालिका स्तब्ध भएको बताए ।

उनका अनुसार मृतक वडा अध्यक्ष थारुको शव भेरी अस्पताल मै राखिएको छ ।

प्रमुखले जिल्ला प्रशासन कार्यालय बाँके र जिल्ला प्रशासन कार्यालय बर्दियाको समन्वयमा शव व्यवस्थापनको तयारी भइरहेको जानकारी दिए ।

उनी कोरोनाका कारण मृत्यु हुने तेस्रो व्यक्ति हुन् । उनी स्थानीय तहको निर्वाचनमा तत्कालिन माओबादी केन्द्रबाट निर्वाचित भएका थिए ।