’रेड वाइन’ मा पल र साम्राज्ञी एक साथ देखिदै

असोज ६, काठमाडौ – चलचित्र ’रेड वाइन’ मा पल र साम्राज्ञी एकसाथ देखिने भएका छन् ।

सञ्चारकर्मी एवं निर्माता रमेश एम के पौडेलले निर्देशनमा बन्न लागेको चलचित्रमा यि दुई कलाकारको मुख्य अभिनय रहने छ ।

आर्यन फिल्मस् प्रोडक्शन र वोधी एचडी अमेरिकाको ब्यानरमा निर्माण हुने ’रेड वाइन’को छायाङ्कन कोरोनाको अवस्था हेरेर दशैं र तिहारको बिचमा अमेरिकामा नै गरिने छ ।