साम्पडोरियामाथि युभेन्टसको शानदार जित

असोज ५, एजेन्सी – युभेन्टसले इटालियन सिरी ‘ए’ मा साम्पडोरियामाथि ३ ( ० को जित निकाल्दै विजयी सुुरुवात गरेको छ ।

युभेन्टसले खेलको १३ औं मिनेटमा डिजानको गोलबाट अग्रता बनाएको थियो । साम्पडोरियामाथि निकै नै हाबी भएको युभेन्टसले ७९औं मिनेटमा लियोनार्दो बाउन्सीको गोलमा आफ्नो अग्रता दोब्बर बनायो ।

त्यस्तै खेलको ८८ औं मिनेटमा क्रिस्टियानो रोनाल्डाले गोल गर्दै क्लबको जित पक्का गरे । यो जितसँगे युभेन्टसले ३ अंक जोडेको छ ।