भोली पनि बस्नेगरी सकियो नेकपा सचिवालय बैठक

असोज ४, काठमाडौँ -नेकपाको सचिवालय बैठक भोली बस्नेगरी सकिएको छ ।

पार्टी एकतापछि पहिलोपटक पेरिसडाँडामा बसेको बैठकमा मन्त्री हेरफेर देखि संवैधानिक तथा राजनीतिक नियुक्तिका विषयमा छलफल गर्दै सकिएको हो ।

बैठकपछि पत्रकारसँग कुराकानी गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले मन्त्रीहरु हेरफेर गर्ने एजेन्डामाथि छलफल भएको बताए ।

उनका अनुसार आइतबार पेरिसडाँडामा बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद पुनर्गठनबारे छलफल भएको थियो ।

कसलाई हटाउने भन्ने बारे छलफल नभएको उनले जानकारी दिए ।

आइतबारको सचिवालय बैठकमा चार एजेन्डा छलफलका लागि पेश गरिएको थियो। स्थायी कमिटी बैठकको निर्णय र निष्कर्षलाई कार्यान्वयन गर्न सचिवालय बैठक बसेको श्रेष्ठको भनाइ छ ।

बैठकमा संवैधानिक तथा राजनीतिक नियुक्तिको एजेन्डा पनि छलफलका लागि पेश भएका छन्। सचिवालय बैठक सोमबार पनि पेरिसडाँडामा बस्नेछ।