मध्यपश्चिमाञ्चल विश्वविद्यालयको अन्तिम परीक्षा पनि अनलाइनबाटै हुने

असोज ४ , सुर्खेत -। मध्यपश्चिमाञ्चल विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहको अन्तिम परीक्षा पनि अनलाइन माध्यमबाटै गर्ने भएको छ ।

पहिलो चरणमा व्यवस्थापन, मानविकी तथा सामाजिक शास्त्र, विज्ञान तथा प्रविधि, इन्जिनियरिङ र शिक्षा शास्त्र संकायको स्नातक तहको सातौं सेमेस्टर र स्नातकोत्तर तहको तेस्रो सेमेस्टरको परीक्षा अनलाइन माध्यमबाट गर्न लागिएको परीक्षा व्यवस्थापन कार्यालयका प्रमुख डाक्टर आनन्दप्रसाद सुवेदीले बताए ।

यी परीक्षाहरु असोज १७ देखि कात्तिक ६ गतेसम्म हुँदैछ ।

यसअघि मध्यपश्चिमाञ्चल विश्वविद्यालयले अनलाइन माध्यमबाटै मिड ट्रम परीक्षा गरेको थियो ।
विश्वविद्यालयले मिड ट्रम परीक्षा भन्दा अन्तिम परीक्षामा केही सुधार गरेको छ ।

विद्यार्थीलाई परीक्षा अवधि ८ घण्टा तोकिएको छ । बिहान ८ बजे इमेलबाट परीक्षार्थीलाई प्रश्नपत्र पठाइनेछ । सोही दिन साँझ ४ बजेसम्म प्रश्नको जवाफ लेखेर विद्यार्थीले
मानविकी तथा सामाजिक शास्त्र संकायका सहायक डीन कमलेश डिसीले अहिलेको परिस्थितिमा अनलाइन परीक्षा उत्तम भएको बताए । कोरोना महामारीलाई देखाएर अलमलिनु भन्दा वैकल्पिक उपाय खोजनु उत्तम हुने उनी बताउँछन् ।