यस्तो योगले आँखाको दृष्टी बढाउछ

असोज २, काठमाडौ -आँखा शरीरको महत्त्वपूर्ण अङ्ग हो, जुन दृष्टिको काममा आँउछ। आँखाको फोटोरिसेप्टर प्रकाशलाई विद्युतीय सिग्नलमा परिवर्तन गर्दछ। यो सिग्नललाई अप्टिक स्नायु मष्तिश्कमा पुर्याउँछ र व्यक्तिलाई दृष्टिको अनुभुति हुन्छ। आँखामा बिभिन्न किसिमका रोग लाग्छन् । जसमध्ये अल्छी आँखा भन्ने रोग पनि छ । यो त्यस्तो रोग हो, आँखामा कुनै पनि किसिमको रोग नभएतापनि दृष्टिको क्षमता कम हुन्छ। चश्मा प्रयोग गरेर दृष्टिको क्षमता अलिकती मात्रै बढ्छ अथवा नबढ्ने पनि हुन सक्छ। यस्तो अवस्थामा हामी निम्न योगका अभ्यास गर्न सक्छौ । यस मार्फत रोगलाई न्यूनिकरण गर्न सक्छौ।

भुजङ्गासना

पामिङ्ग (दुइ हात रगडेर आँखा सेक्ने) ।

आँखा तलमाथि गराउने।

आँखालाई दाँया बायाँ गराउने।

आँखा घुमाउने दायाबाट १० पटक बायाँबाट १० पटक

 

गणेश गैरे (स्नातोक्तर योगाथेरापी)