तिहारमा रिलिज हुँदै अक्षय कुमारको ’लक्ष्मी बम’

असोज २, एजेन्सी –  बलिउड अभिनेता अक्षय कुमार स्टारर चलचित्र ’लक्ष्मी बम’ को टिजर सार्वजनिक भएको छ ।

अक्षयले इन्स्टाग्राममार्फत यस चलचित्रको टिजर रिलिज गरेका हुन् । राघव लरेन्सले निर्देशन गरेको चलचित्र तिहारको अवसर पारेर नोभेम्बर ९ मा डिज्नी प्लस हटस्टारमा रिलिज हुँदै छ ।

यसमा अक्षयको साथमा कियरा आडवाणीको पनि मुख्य भूमिका रहेको छ । ’लक्ष्मी बम’ डिजिटल प्लेटफर्ममा रिलिज हुने लागेको महँगो र ठुलो चलचित्र हो ।

अक्षयको प्रतीक्षित चलचित्र पनि दर्शकले घरमा नै बसेर हेर्न पाउने भए पछि यस चलचित्रको प्रतीक्षामा रहेका दर्शक उत्साहित बनेका छन् ।