टिकटकबाट म्युजिक भिडियोमा जम्दै सुधीर

भदौं ३१ काठमाडौं  – कोरियोग्राफरको रुपमा संघर्ष गर्दै थिए सुधिर श्रेष्ठ । केहि म्युजिक भिडियो पनि निर्देशन गरे । तर चर्चामा भने थिएनन् । चर्चामा आउन उनलाई रुचि नभएको पनि होइन् । तर उनी म्यामर क्षेत्रमा जम्न  सकेका थिएनन् ।

तर, पनि कामलाई निरन्तरता दिइरहेका थिए । उनले कोरियोग्राफरको रुपमा नै स्टुडियो मार्फत नृत्य सिकाउन थाले । लगातार नृत्य सिकाइरहेका थिए । एकाएक लकडाउन लागु भयो । लकडाउनमा के गर्ने ? समय बताउनका लागि उनले श्रीमतीसंग टिकटक बनाउन थाले । टिकटकमा श्रीकृष्ण श्रेष्ठ र स्वेताको जोडीलाई पछ्याउन थाले । उनीहरुकै भिडियो कपी मार्फत उनीहरु चर्चामा आए ।

टिकटकमा श्रीकृष्णको जोडी नै किन फलो गर्नुभयो भन्ने इमेल खवरको प्रश्नमा सुधिर भन्छन् ‘हामीलाई श्रीकृष्णको जोडी मन पर्ने भएकाले उहांहरुलाई नै फलो गरेका हौ ।’

टिकटक भिडियोबाट उनीहरुले निकै तारीफ बटुले, प्mयानहरु बटुले । प्mयानहरुले अन्य भिडियो बनाउनका लागि आग्रह गर्न थाले । त्यसपश्चात सुधिरको जोडी टिकटकमा जम्न थाल्यो ।  सुधिर भन्छन्‘ हाम्रो भिडियो निकै रुचाइयो , सबैले बनाउन आग्रह गरिरहनुहुन्छ ।’

सुधिर टिकटकबाट म्युजिक भिडियोमा प्रवेश गरेका छन् । उनी यतिबेला म्युजिक भिडियोमा अभिनय गर्न ब्यस्त छन् । टिकटक आफ्ना लागि एक प्लेटफर्मको रुपमा आएको उनी बताउछन् । उनले भने ‘म टिकटकबाटै चिनिए, अहिले म्युजिक भिडियोमा ब्यस्त छु । ’

तस्बीर श्रेष्ठको फेसबुक