नेकपा स्थायी कमिटी बैठक सुरू

भदौ २६,काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक सुरु भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा केहिबेर अघि सुरु भएके हो ।

लामो समयपछि सुरु भएको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले तयार पारेको राजनीतिक प्रतिवेदनमा छलफल हुनेछ।

यसअघिनै दुई अध्यक्षको राजनीतिक प्रतिवेदन स्थायी कमिटी सदस्यहरूलाई इमेलबाट पठाइसकिएको छ।

दुबै अध्यक्षबीचमा सहमति जुटिसकेकोले आजै बैठक सक्ने तयारी रहेको बताइएको छ ।
साउन १३ गते प्रधानमन्त्री ओलीले एकतर्फी रुपमा अनिश्चितकालका लागि स्थायी कमिटी बैठक स्थगित गरेको भन्दै ओली इतरका नेताहरू आक्रोशित बनेका थिए।