नेपाल एयरलायन्स क्षेत्रीय प्रबन्धक भन्छन्–‘महामारीमा नेपाल एयरलायन्सको भूमिका महत्वपूर्ण’

भदौ २६, बाँके – कोरोना सक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनको समयमा पनि नेपाल एयरलायन्सले सेवा दिइरहेको छ । गत चैत्र महिना देखि भएको लकडाउनका बावजुत पनि निगमले अत्यावश्यक सेवा दिइरहेको छ । कोरोना महामारीको समयमा पनि जनताको सेवामा निगमको भूमिका महत्वपूर्ण रहेको नेपाल वायुसेवा निगम, पश्चिम अञ्चल क्षेत्रीय केन्द्र नेपालगञ्जका क्षेत्रीय प्रबन्धक प्रसान्त कुमार बिकेले बताएका छन् ।

उनले कोरोना महामारीको समयमा चार्टर फ्लाइट भइरहेको बताए । जि नेपाल एचडि टिभि नेपालसँग कुराकानी गर्दै उनले भने, ‘कोरोनाका बेलामा पनि हामीले सेवा दिइरहेका छौ । अहिले चार्टर फ्लाइटहरु भइरहेको छ ।यस्तो बेलामा पनि पाइलट,को–पाइलटहरुले रिक्स लिएर काम गरिरहनु भएको छ । यो साँच्चिकै महत्वपूर्ण कुरा हो ।’ उनका अनुसार निरन्तर जनताको सेवा दिइरहेको अवस्थामा कोरोना संक्रमित भएर पनि जितेर पुनःसेवामा फर्किएका उदाहरण समेत छन् । उनले घरेलु उडानमा दुर्गम क्षेत्रमा सेवा दिनुका साथै त्यहाँको पर्यटन क्षेत्रमा विकासमा समेत उल्लेख्य भूमिका खेलिरहेको उनको भनाई छ ।

अहिलेको कर्णाली प्रदेश जानको लागि नेपालगञ्ज उपयुक्त गन्तव्य रहेको भन्दै त्यहाँका पर्यटकीय स्थलहरुको प्रचार–प्रसारमा समेत भूमिका लेखिरहेको बताए । यस्तै उनले कोरोना कहर पछि सरकारले आन्तरिक पर्यटक प्रवद्र्धन जोड दिनु पर्ने बताए । कोरोना महामारीको समयमा दुर्गम केन्द्रीत सेवा दिइरहेको भन्दै शुरुमा अत्यावश्यक विषयमा सेवा दिइरहेको जानकारी दिए । अहिले नेपालगञ्ज क्षेत्रीय कार्यालयले कर्णाली र सुदूरपश्चिमका आठ वटा क्षेत्रमा सेवा दिइरहेको छ । सिमिकोट, मुगु, जुम्ला, साँफे, रुकुम, सल्ले, चौरजहारी, बाजुरा लगायतमा सेवा दिइरहेको उनले बताए । अब लकडाउन पूर्ण रुपमा खुल्न वित्तिकै नियमित सेवा शुरु गर्ने तयारी नेपाल एयरलायन्सले गरेको छ ।