मुर्ती चोरी गर्ने एक व्याक्ति पक्राउ

भदौ २३, सोलु – सोलुखुम्बु दुधकुण्ड ८ चागेस्थान स्थितमा रहेको चागेस्थान मन्दिरबाट मुर्ती चोरी गर्ने एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोही स्थानका ३५ बर्षीय रमेश मगर रहेका छन ।

हिजो दिउसो साढे १२ बजे मन्दिरबाट दुई वटा सिंहको मुर्ती हराएपछी मन्दिरका समितिले खोजी गर्दा फेला नपरेपछी राती पौने ११ बजे जिल्ला प्रहरी कार्यालय सोलुमा जानकारी गराएका थिए ।

 

घटनाको जानकारी पाउनसाथ खोजतलासमा खटिएको प्रहरी टोलीले मगरलाई छिमेकी जिल्ला ओखलढुंगाको सिद्धिचरण ११ स्थितमा रहेको एक होटलबाट उनले चोरी गरी लगेको मुर्ती सहित पक्राउ गरेको हो ।

पक्राउ परेका उपर कानुनी कारबाही तथा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुले जनाएको छ ।