डा. केसी- ‘दुर्गममा राज्यको आखा पुगेकै छैन’

भदौ २३, बाँके – डाक्टर गोविन्द केसीले सुदूरपश्चिम र कर्णालीका विकट बस्तीमा गएर नागरिकको सेवा गर्न थालेको सात महिना पुग्यो । यो अवधिमा उनले यस क्षेत्रका सयौ नागरिकको निःशुल्क उपचार गरे । स्वास्थ्य र चिकित्सा शिक्षा सुधारका अभियन्ता समेत रहेका केसी यस्ता दुर्लभ व्यक्ति हुन्, जो लामो समयदेखि नेपालको चिकित्सा शिक्षा सुधारको माग गर्दै राज्यसंग एक्लै लडिरहेका छन् । अझै उनको यात्रा रोकिएको छैन । जारी छ । हिजो राजधानीबाट सिंहदरबारसंग लडिरहने उनी यतिबेला भने देशको सुदूर र कर्णालीबाट आफ्नो मुद्धा मार्फत लडिरहेका छन् । कर्णाली राज्यद्धारा सधै उपेक्षित क्षेत्र मात्रै होइन आधारभूत आवश्यकता परिपूर्तिका दृष्टिले निकै पछि रहेको क्षेत्र हो । तर उनले कर्णालीका केही जिल्लामा निःशुल्क उपचार गर्न जादा अवरोध समेत खेप्नु प¥यो । उनी अहिलेको सत्ताका कटु आचोलक समेत हुन् । कर्णालीमा एमबिबिएस पढाइ हुनुपर्ने माग गर्दै सत्याग्रह गर्नको लागि जुम्लामा पुगेका छन् । तर उनको सत्याग्रह रोक्न अहिलेको सत्ता हात धोएर लागेको छ । हाल जुम्लामा रहेर विकट बस्तीका नागरिकको उपचार गरिरहेका केसीसग इमेलखवरले गरेको संक्षिप्त कुराकानी

जुम्लाको बसाई कसरी चलिरहेको छ ?

केही समय देखि जुम्ला मै छु । यहँ कोरोना कहरका कारण निषेधाज्ञा छ । यहँको स्थानीय प्रशासनले लकडाउन समेत गरेको छ । त्यो भन्दा पहिला म यहाँका दुर्गम बस्तीमा गएर विरामीको उपचार गरिरहेको थिए । केही ठाँउमा मलाई माथिको आदेश भन्दै सेवाप्रवाहमा समेत बाधा पु¥याउने काम भयो । मलाई आम नागरिकका हिसाबमा जनताको उपचार समेत गर्न दिइएन । स्थानीय प्रशासन र पुलिसले समेत मलाई गैरकानुनी रुपमा निगरानीमा राख्ने काम गरेको छ । खास यहा आउनुको मेरो कारण सत्याग्रहको लागि हो । अघिल्लो पटक सत्याग्रह शुरु गर्न खोज्दा अवरोध भयो । मैले बारम्बार सरकारलाई अल्टिमेटम समेत दिइरहेको छु । गत विहिबार भने कोरोना कहरका कारण आफै रोके । यद्यपी कुनैपनि बेला सत्याग्रह शुरु हुन्छ ।

सत्याग्रह बारम्बार स्थगित हुनुको कारण के हो ?

लामो समय देखि सुदूर पश्चिम र कर्णाली क्षेत्रमा छु । म ती क्षेत्रमा सेवा गर्न थालेको साता महिना बित्यो । पछिल्लो समय जुम्ला मै सत्याग्रह गर्न खोजिरहेको छु । तर यहँको सरकार, प्रशासन , प्रहरीले माथिको आदेश भन्दै अनावश्यक रुपमा रोक्ने काम गरिरहेका छन् । मैले भन्दा पनि अहिलेको प्रधानमन्त्री र गृहमन्त्री तथा प्रदेश सरकारका कारण रोकिरहेको छ । म त पछि हट्ने वाला छैन । जतिबेला पनि मेरो सत्याग्रह शुरु हुन्छ । अहिले कोरोना कहर फैलिएको छ । यस्तो परिस्थितिमा कोभिड महामारी फैलँदै जाँदा जुम्लाबाट हाम्रो अभियानलाई निरन्तर साथ दिइरहने आम नागरिक र जुम्लावासीको विशेष आग्रहलाई मनन गर्दै हामीले सत्याग्रह कार्यक्रम केही समयका लागि स्थगन गरेका छौं ।

जुम्ला मै शुरु गर्ने भनिएको सत्याग्रहका माग के–के हुन् ?

नेपालको चिकित्सा, स्वास्थ्य क्षेत्र सुधारको माग हो । त्यसको लागि मैले लामो समय देखि सघर्ष गर्दै आएको छु । जतिबेला जायज माग राखेर हामी आन्दोलन गर्छौ । सरकार हामीलाई दमन गर्न खोज्छ । सरकारले माग पूरा गर्नको सट्टा उल्टै हक अधिकारको माग गर्ने जुम्लावासीहरुलाई धम्क्याउने र दमन गर्ने काम गरेको छ । हाल नेपालमा विद्यमान स्वास्थ्य प्रणाली कति नाजुक छ, हाम्रो सार्वजनिक स्वास्थ्य सेवा कति अपर्याप्त छ र निजी स्वास्थ्य सेवा कति महंगो छ भन्ने यो महामारीले छर्लंग देखाएको छ । नैतिकता गुमाइसकेको र लाज पचाइसकेको सरकार प्रमाणित भ्रष्टहरुलाई बचाउन उद्यत् छ । पछिल्लो समय कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस लगायतका कार्यक्रमहरु शुरु गर्नु पर्ने भन्ने नै मुख्य माग छ ।

तपाईको निःशुल्क सेवाप्रति राज्यको अंकुश किन ? स्पष्ट पारिदिनुन ?

यसमा दुई वटा कुरा छ । अहिले तीन तहका सरकार छन् । केन्द्र, प्रदेश र स्थानीय सरकार । केन्द्र सरकारमा रहेका केपी ओली र बादलले यस अघि जुम्लामा अनसन गर्दा बस्दा अपहरण गरे । अहिले प्रदेशमा मुख्यमन्त्री र आन्तरिक मामिला तथा कानुनमन्त्री छन् । उनीहरु कै प्रत्यक्ष निर्देशनमा यहाको स्थानीय प्रशासन, सुरक्षा निकाय र स्थानीय सरकारले मलाई काम गर्न रोक लगाइरहेका छन् । यसले के बुुझिन्छ भने यिनीहरुले अहिले सम्म देश र जनताको लागि राजनीति गरिरहेका छैनन् । यिनीहरुलाई राजनीतिलाई अर्थोपार्जनको माध्यमको रुपमा उपभोग गरिरहेका छन् । आफ्नो स्वार्थको लागि यिनीहरु जे पनि पर्छन् । अब हामीले जनताको वास्तविक आवाज बोल्छौ । जनताका समस्याका बारेमा बोल्छौ । निःशुल्क सेवा गर्छौ । यस्तो भयो भने जनताले यिनीहरुको कालो कर्कुत थाहा पाउछन् ।
विरोध गर्छन् । व्यवसाय त सकिन्छ नी ?

कर्णालीबाटै नै निर्णयक सत्याग्रह हुन्छ भन्नु भएको छ, माग पुरा हुनेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?

मेरो त साधारण माग हो नी । जुन पहिला पनि सरकारले सम्झौता गरिसकेको थियो । त्यो हुदा पनि मुख थुन्ने अनि हाम्रो सत्याग्रह बारम्बर बिथोल्नको लागि पुरै राज्यको संयन्त्र लागिरहेको छ । मैले पहिले देखि भन्दै आएको छु । ओलीको तानाशाह यहा चल्दैन । प्रदेशको कानुनमन्त्रीले नै दमन गरिरहेका छन् । मैले सिंगो देशको स्वास्थ्य क्षेत्र सुधारको लागि लडेको छु । अहिले त उनकै क्षेत्रमा उनकै लागि म लडेको हो नी । सरकारले पहिले भइसकेका निर्णय रोकेका छन् । नरोकेको भए जनताले सेवा पाउथे । कतिका छोराछोरी डाक्टर पढ्न पाउथे । यहाँको विकास हुन्थ्यो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई जनताकै हातमा सुम्पेर मात्र काठमाडौं फर्कने योजनामा रहेको उनी सुनाउँछन् । स्वास्थ्य र शिक्षा क्षेत्र सुधारका लागि यहीँ सत्याग्रह बस्छु ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?

म के भन्न चाहन्छु भने कोरोना कहर छ । सुरक्षित बनौ । साथै बारम्बार साबुन पानीले हात धुन, बाहिर निस्कँदा नियमित माक्स लगाउन तथा सामाजिक दुरी कायम गर्न सबै नेपालीहरुलाई आग्रह गर्दछु । यस्तो शिक्षा सबैले बुझ्ने भाषामा निरन्तर दिइरहेर संक्रमणको फैलावट रोक्दै बारम्बार लगाइएका निषेधाज्ञा बन्द गर्न सरकारको ध्यानाकर्षण गराउछु । यस्तो जोखिमको समय निरन्तर खटेर स्वास्थ्य सेवा दिइरहेका सरकारी र निजी क्षेत्रका सबै स्वास्थ्यकर्मिलाई नियमित सेवा–सुविधाका साथै जोखिम भत्ता दिलाउन पनि सम्बन्धित सबैको ध्यानाकर्षण गराउँछु ।