कर्णालीको कानुन मन्त्रालयका सेवा बन्द, मन्त्री पनि होम आइसोलेसनमा

भदौ १८, सुर्खेत- कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सबै सेवा बन्द गरिएको छ ।

मन्त्रालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पृष्टी भएपछि मन्त्रालयद्धारा प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको हो ।

मन्त्रालय स्रोतका अनुसार एक कार्यालय सहयोगी, तीन सशस्त्र प्रहरी, ड्राईभर र एक नेपाल प्रहरी गरी ६ जनामा कोरोना पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता तुल खड्काका अनुसार सात दिनपछि बाँकी कर्मचारीहरूको स्वाब लिएर रिपोर्ट आएपछि मात्रै मन्त्रालयको काम सुचारू गरिनेछ ।
मन्त्रालयमै कार्यरत कर्मचारीमा कोरोना देखिएपछि सेवा बन्द गर्दै कानुन मन्त्री नरेश भण्डारी लगाएत अन्य कर्मचारी होम आइसोलेसनमा बसेका छन् ।